राष्ट्रपति पाैडेलले बोलाएको सर्वदलीय बैठक सुरू, प्रधानमन्त्री कार्की पनि सहभागी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।
शीतल निवासमा सुरु भएको बैठकमा दोस्रो तहका नेताहरू सहभागी छन् । बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी छिन् ।
बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थिति र निर्वाचनबारे छलफल हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सरकारले आगामी फागुन २३ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ ।
बैठकमा त्यसैगरि नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षामान पुन सहभागी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए ।
त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी सहभागी थिए ।
