नवनियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडौं । अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त मन्त्रीहरु रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सपथग्रहण गराएका हुन् ।

घिसिङलाई उर्जा मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खनाललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै अर्याललाई भने गृहमन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *