प्रधानमन्त्रीले गरिन् मन्त्रीमण्डल विस्तार, आज सपथ गर्नेमा को-को मन्त्री ?
काठमाडौ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूले आज सपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
विस्तारित मन्त्रीमण्डलमा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाल रहेका छन् ।
विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याल चर्चित कानुनविद् हुन् । उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए ।
रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्वअर्थसचिव हुन्।
पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
