

पैसा जम्मा पार्नुभयो त, आयो नि फागुन २३ देखि ज्योति लाइफको आईपीओ

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।