एमालेको ‘प्रतिबन्ध’पछि पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन आज

काठमाडौं । सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी छिन्।

बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको भण्डारीको सचिवालयले जनाएको छ।

गत मंगलबार एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो।

उक्त निर्णयमा तीन नेताले असहमति जनाएका थिए। भण्डारीले आफू पछाडि नहट्ने अडान लिएको उनीनिकट नेताले बताएका छन्। उनले यसै बारेमा आज प्रष्ट पार्ने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *