

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा – लागुऔषधको उच्च कारोवार हुने गरेको झापामा पुनः दुई जना ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
पूर्वी नाका मेची नगर ६ मा पर्ने मेची पुलबाट ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाको टोलीले दमक ९ का २५ वर्षीय रोशन दर्जीलाई पक्राउ गरेको हो ।
उनको साथबाट ५ ग्राम लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । सोही विर्तामोड ३ का २१ वर्षीय उदयकुमार शाहसमेत लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार उनको साथबाट पनि ५ ग्राम लागु औषध ब्राउन सुगर बरामद भएको छ ।केही समययता पूर्वीनाका काँकडभिट्टा हुँदै लागुऔषधको कारोवार बढेसँगै कारोवारीहरु समातिने क्रम पनि बढेको छ ।