

भिरबाट लडेर एकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार विकको गुप्तेश्वरी जङ्गलमा भिरबाट लडेर गए राति नै मृत्यु भएको हो । विक भिरबाट करिब २०० मिटर तल खसेका थिए ।
प्रवक्ता रानाका अनुसार, मृतक विकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।