

फेवाताल किनारमा एक युवक मृत फेला

कास्की – पोखरा फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा आज (बिहीवार) एक जना मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा मंगोलियन हुलिया रहेका अन्दाजी २२–२५ वर्ष युवक रहेका छन् ।
प्रहरीका अनुसार मृतक करिब साढे ५ फिट उचाईका र निलो ज्याकेट लगाएका छन् ।
मृतकको पहिचान खुली नसकेको र यसबारे थप अनुसन्धान भइरहेकको प्रहरीले जनाएको छ ।