

नदी र पोखरीमा डुबेर २ को मृत्यु

सिरहा – लहान नगरपालिका-२३ मा सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देविन्द्र महतोकी छोरी ११ वर्षीया सुस्मिता महतो रहेकी छिन् ।
हिजो बुधवार पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यस्तै, नवलपरासी(पूर्व) गैंडाकोट नगरपालिका १० मा नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय भिम बहादुर थापाको हिजो बुधवार मृत्यु भएको छ ।
नदीमा माछाको जाल झिक्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।