

आगलागीमा ११ लाख बराबरको धनमाल नष्ट

सर्लाही – धनकौल गाउँपालिका ५ मा आगलागीबाट धनमाल जेलर नष्ट भएको छ । ग्याँस सिलिण्डर लिक भई बिलास महतोको घरमा हिजो (बुधवार) आगलागी हुँदा ४ थान टिभी, लत्ताकपडा र अन्नपात समेत जेलकाे हाे ।
घटनामा करिब ११ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा कुनै मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।