कांग्रेस र एमाले संसदीय दलका बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ ।

संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।

हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।

त्यसैगरी नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ।

बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसदमा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले बताए।