

प्राधिकरण अगाडि सुरक्षा व्यवस्था कडा, ठाउँ-ठाउँमा सरकारविरूद्ध प्रदर्शन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयपछि प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता कडा पारिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
सो निर्णयपछि रत्नपार्क क्षेत्र लगायतका स्थानहरूमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको हो ।
घिसिङलाई हटाएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट जनसंगठनले प्रदर्शन गरेको छ ।
मंगलबार बिहान प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए ।