यातायात कार्यालय परिसरबाट समातिए यी १२ दलाल !



विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो ।

सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- ३ का ४१ वर्षीय सञ्जीव कोइराला, विराटनगर महानगरपालिका- ३ का २४ वर्षीय राजेश खड्का, विराटनगर महानगरपालिका-३ का २५ वर्षीय गौरवकुमार माझी, विराटनगर महानगरपालिका- ३ का ३७ वर्षीय राजु कोइराला, दुहबी नगरपालिका- ११ का २७ वर्षीय युवराज लम्साल, विराटनगर महानगरपालिका-५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर महानगरपालिका- ४ का २२ वर्षीय राजीव मण्डल, बर्जु गाउँपालिका- ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका- १ का ३७ वर्षीय भागवत राजबंशी, बुढिगंगा गाउँपालिका- २ का ५० वर्षीय उदय कार्की, बुढिगंगा गाउँपालिका- १ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका- ३ का २९ वर्षीय अजयकुमार मण्डल रहेका छन् ।