

गोविन्दाको कारले छोराको कारलाई ठक्कर दिँदा सामान्य घाइते

नयाँदिल्ली । बलिउड अभिनेता गोविन्दा कार दुर्घटनामा परेकाे छ ।
भारतीय मिडियाका अनुसार अभिनेता गोविन्दाको कारले अर्को कारलाई ठक्कर दिएको थियो । उक्त कारमा गोविन्दका छोरा यशवर्धन आहुजा र चालक सवार रहेका थिए ।
बुधबार राति भएको उक्त दुर्घटनामा दुबै गाडीमा सवार व्यक्तिहरुलाई सामान्य चोट लागेको बताइएको छ ।