

भारतीय अभिनेता सुशान्तको ट्वीटर ‘डिलिट’, प्रहरी अनुसन्धान गर्दै

एजेन्सी। मुम्बई प्रहरीले भारतीय चलचित्रका अभिनेता सुशान्तसिहं राजपुतको आत्महत्याको घटनालाई लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीले आफ्नो अनुसन्धानको सुई सुशान्तको ट्विटर तिर सोझ्याएको छ । सुशान्तको केही ट्विट डिलिट भएकोमा प्रहरीलाई शंका लागिरहेको छ ।
सुशान्तको ट्विटरमा ६ महिनादेखि ट्विट भएको छैन । २७ डिसेम्बर २०१९ सम्ममात्रै सुशान्तको ट्विट छ । ६ महिना यता उनले ट्विट नै नगरेको हो कि रु, ट्विट हटाईएको हो कि रु भन्ने आशंका तथा आत्महत्यासँग जोडिएको अन्य क्लु खोज्न प्रहरीले पछिल्लो ६ महिना यताका ट्विटको विवरण मागेको छ । प्रहरीले ट्विटरलाई पत्र पठाईसकेको छ । यसबीचमा धेरै जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ ।
उनको मृत्युको विषयलाई लिएर प्रहरीले सुशान्तको घरमा काम गर्नेदेखि उनकी कथित गलफ्रेण्ड रिया चक्रवर्ती, सिद्धार्थ पिटानी लगायत साथीहरु, उनको अन्तिम फिल्मका निर्देशक मुकेश छाब्रा लगायतलाई सोधपुछ गरेको छ ।
पोष्टमार्टम रिपोर्ट आएपछि उनको हत्या हुन सक्ने शंका हटेको छ । रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको उल्लेख छ । तर पनि प्रहरीको शंका अझै हटेको छैन ।