

सेनाको जर्नेल र कर्णेलमा बढुवा गर्ने सरकारको निर्णय, ४ जनाको थपियो पदावधि

काठमाडौं । सरकारले नेपाली सेनाका केही उच्च अधिकृतहरुमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रीपरिषद्को बैठकले सहायक रथी (ब्रिगेडियर जर्नेल), महासेनानी (कर्णेल) लगायतका पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को निर्णयअनुसार एक जना मेजर जर्नेल (उपरथी), २ जना बिग्रेडियर जर्नेल (सहायक रथी) र १ जना कर्णेल (महासेनानी) को पदावधि थप गर्ने निर्णय गरेको छ ।