

नेपाली सेनाका लेफ्टिनेन्ट पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुबाट आइतबार बिहान नेपाली सेनाका उपसेनानी (लेफ्टिनेन्ट) पक्राउ परेका छन् ।
लुटपाटमा सघाएको आरोपमा उपसेनानी आदर्श देवकोटा पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनको मोटरसाइकलमा सवार युवकले बसपार्कमा एक महिलाको झोला तानेर भागेका थिए। ती युवक फरार छन् ।
उपसेनानी देवकोटाले भने ती व्यक्तिलाई आफुले नचिन्ने र मोटरसाइकलमा लिफ्ट मात्र दिएको बताएका छन्।
बसपार्क प्रभागले थुनामा राखेर उनलाई आइतबार नै सैनिक प्रहरीको जिम्मा लगाएको छ ।