

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।
बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।
आजै एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ ।