

कुवेतविरूद्ध नेपालको शानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन

काठमाडौं । कप्तान पूजा महतोको शानदार प्रदर्शनसहित कुवेतविरुद्ध नेपालले १६५ रनको जित हात पारेको छ ।
कुवेतले ४८ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले विशाल जित हात पारेको हो ।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतका जिफा जिलानीबाहेक अन्य ब्याटरहरु चल्न नसकेपछि नेपालले ठूलो अन्तरको जित हात पारेको हो ।
नेपालका लागि पूजा महतोले चार ओभरमा ८ रन दिएर ५ विकेट लिएकी थिइन् ।
त्यसअघि कप्तान पूजा महतोको १३० रन र सोनी पाख्रिनको ४३ रनका मद्दतले नेपालले २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो ।