

कुवेतविरुद्ध कप्तान पूजाको अलराउन्ड प्रदर्शन, एकै ओभरमा हात पारिन् ४ विकेट

काठमाडौं । कुवेतविरुद्धको खेलमा नेपालका लागि कप्तान पूजा महतोले एकै ओभरमा चार विकेट हात पारेकी छिन् ।
नेपालका लागि पहिले ब्याटिङमा पनि शानदार शतक प्रहार गरेकी पूजाले खेलको नवौं ओभरमा बिना कुनै रन चार विकेट हात पारेकी हुन् ।
यससँगै पूजाले ३ ओभरमा ५ विकेट लिइसकेकी छिन् ।
पूजाको १२८ रनको मद्दतले नेपालले कुवेतलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कुवेत अहिले १० ओभरको खेल सकिँदासम्म ४२ रन बनाउँदा ७ विकेट गुमाएर खेलिरहेको छ ।