

युट्युबर लक्ष्मीको ‘मतिना क्लो स्टुडियो’ शनिबारदेखि सञ्चालन हुँदै, ओपनिङमा छुटै–छुट !

पोखरा । शालीन युट्युबरको रुपमा परिचित लक्ष्मी श्रेष्ठले ‘मतिना क्लो स्टुडियो’ सञ्चालनमा ल्याउने भएकी छिन् ।
युट्युबर लक्ष्मीले बहिनी रसुसँग मिलेर शनिबारदेखि औपचारिक रुपमा मतिना स्टुडियो सञ्चालनमा ल्याउने भएकी हुन् ।
पोखराकी लक्ष्मीले पोखराकै नारेश्वर चोक नजिकैबाट ‘मतिना क्लो स्टुडियो’ सञ्चालनमा ल्याउन लागेकी हुन् ।
युट्युब भ्लगरको रुपमा लामोसमयदेखि परिचित रहँदै आएकी लक्ष्मीले ५ वर्षअघिबाट ‘मैचा कलेक्सन’ नामक अनलाइन व्यावसाय सञ्चालन गर्दै आएकी थिइन् । साथै बहिनी रसुले केही समयअघिदेखि ‘शृंगार’ नामक अनलाइन व्यावसाय सञ्चालन गर्दै आएकी थिइन् । उनीहरूले ग्राहकहरुलाई प्रत्यक्ष सेवा दिने उद्देश्यसहित औपचारिक रुपमा ‘मतिना क्लो स्टुडियो’ सञ्चालनमा ल्याउन लागेका हुन् ।
स्टुडियोमा मतिनाकै डिजाइनका विभिन्न फेशनेबल कपडा पाइनुका साथै नेल आर्टसम्बन्धी सेवा पनि लिन सकिने जनाइएको छ । लामोसमयदेखि अनलाइनमार्फत् गर्दै आएको व्यावसायको अनुभवलाई ग्राहकहरुलाई प्रत्यक्ष रुपमै सेवा पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याउन लागिएको उक्त स्टुडियोमा आउने ग्राहकले नयाँ-नयाँ पहिरन, गरगहनाहरु समेत पाउने उनीहरुले जनाए ।
साथै उद्घाटनका अवसरमा विभिन्न सामानहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि उनीहरुले जनाएका छन् ।