कटारीकै पहिलो कफि सप ‘जिभ्स क्याफे’ !



उदयपुर । उदयपुरको कटारीमा सहरकै पहिलो कफि सप सञ्चालनमा आएको छ । कटारीको मुख्य बजारमा सञ्चालनमा आएको ‘जिभ्स क्याफे’ कफि सपले छोटो समयमै कटारीबासीको मत जितेको छ ।

कटारी बजारका कफी पारखीको कफि प्यास मेटाउने उद्देश्यले कटारी गेटकै अगाडि खोलिएको क्याफेमा कफिका साथ–साथै जुस र अन्य खाद्य पदार्थसमेत पाइन्छ ।

सामान्यतया रेष्टुरेन्टमा पाइने मःम चाउमिनका साथै बर्गर, पिज्जा, स्याण्डवीज जस्ता खाद्य पदार्थ पनि पाइने क्याफेका सञ्चालक जीवन लम्साल बताउँछन् ।

कटारी बसपार्क नजिकै मुख्य बजारकै सगरमाथा हाइवेसँग जोडिएको क्याफे सुन्दर सजावटका साथ रमणीय वातावरणमा सञ्चालन गरिएको छ । सञ्चालनको छोटो समयमा नै कटारीबासीको मन जितेको क्याफे पारिवारिक जमघटका साथै भेटघाटका लागि उत्कृष्ट विश्रामस्थल बन्ने सञ्चालक लम्सालले विश्वास गरे ।

क्याफे उत्कृष्ट भएकै कारण पछिल्ला दिनहरुमा कटारीबासीमात्र नभई यस बजार भएर यात्रा गर्ने अन्य व्यक्तित्वहरुले समेत सेवा लिएका छन् । हालैमात्र माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख अग्नि सापकोटा, पम्फा भुषाल, देव गुरुङलगायतका व्यक्तित्वहरु पनि क्याफेमा पुगेका थिए ।

साताकाे सातै दिन बिहान ८ बजेदेखि खुल्ने क्याफे साँझ ९ बजेसम्म खुल्ने जनाइएको छ ।