

इन्स्पेक्टर शिवाकोटी ३ लाख धराैटीमा रिहा

काठमाडौं । इन्सपेक्टर विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।
उच्च अदालत, पाटनले बलात्कारको अभियोग लागेका शिवाकोटीलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
धरौटी बुझाएर उनी छुटेका छन् । यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन् ।
ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यरत रहेका शिवाकोटीले भने अभियोग अस्वीकार गरेका थिए ।