

१८ जना नेपाली सेना सवार ट्रकमा आगलागी, यात्रारत सबै सुरक्षित

मकवानपुर । मकवानपुरको नगरपालिका-४ कुर्सी मोडमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।
७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको हो ।
सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको बताइएकाे छ । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।
१८ जना सवार ट्रकमा आगलागी हुँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।