

सेसेल्समा ‘हामी नेपाली ग्लोबल’को तीजविशेष कार्यक्रम सम्पन्न

सेसेल्स – हामी नेपाली ग्लोबल सेसेल्सद्वारा आयोजित हरितालिका तीज विशेष कार्यक्रम लादिक आइल्यान्डको तानित भिला रेस्टुरेन्टमा सम्पन्न भएको छ। राजनीतिक, धर्म, जाति वा वर्गबाट स्वतन्त्र संगठनका रूपमा स्थापना भएको हामी नेपाली ग्लोबल सेसेल्सले विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्ने क्रममा हरितालिका विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाले यस वर्षको हरितालिका तीजका अवसरमा हामी नेपाली ग्लोबल सेसेल्सले दुई चरणमा कार्यक्रम आयोजना गर्ने भएको छ ।
पहिलो चरण अन्तर्गत उक्त कार्यक्रम अगस्ट १८, २०२४ मा लादिक आइल्यान्डमा सम्पन्न भयो भने दोस्रो चरणको कार्यक्रम आउँदो सेप्टेम्बर १, २०१८ मा सेसेल्सको राजधानी माहेको Anse Etoile स्थित कम्युनिटी हलमा सम्पन्न गर्ने निर्णय हामी नेपाली ग्लोबल सेसेल्सको कार्यसमितिबाट निर्णय गरिएको छ ।
लादिक आइल्यान्ड जनप्रतिनिधि सांसद रक्की युवरानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आइल्यान्डमा रहेका नेपालीहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि युवरानीले कार्यक्रममा सहभागी हुन पाएकोमा अत्यन्तै हर्षित हुँदै हामी नेपाली ग्लोबल सेसेल्सलाई धन्यवाद दिँदै खुशस् समेत प्रकट गरेका थिए ।
यसअघि जुलाई २८, २०२४ मा रक्तदान कार्यक्रम पश्चात हरितालिका तीजको अवसरमा सांसद युवरानीले नेपालीहरूले यति धेरै कामको व्यस्तताका बावजुद आफ्नो परिवारबाट टाढा रहेर पनि आफ्नो रितिरिवाज लाई प्रदेशमा मनाएको देख्दा आफू अत्यन्त हर्षित भएको कुरा खुलेर गरेका थिए । र लादिक आइल्याण्ड भित्र काम गर्दै आएका सम्पूर्ण नेपालीहरूलाई सम्बोधन गर्दै धन्यवाद प्रकट समेत गरेका थिए ।
लादिक आइल्यान्ड संयोजक भक्त आसलामी मगर र उपसंयोजक चित्र गुरुङको विशेष सहयोग र पहलमा पहिलोचोटि लादिक आइल्याण्डमा ऐतिहासिक तीज कार्यक्रम सम्पन्न भएको छ।
लादिक आइल्यान्ड संयोजक भक्त आसलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा एसपी बानाना, लिसा मिन्स, नादिन मालिट, रविन मिब्लम, मृगेन्द्र इङ्नाम र सुरेन्द्र कुमारलगायतका रहेका थिए ।
त्यसैगरी अतिथिका रूपमा अइन्द्र योङ्या, हरि तामाङ, चित्रा गुरूङ, प्रशान्त, सबु दाहाल, लिस्नु गुरूङ, निराजन पाण्डेलगायतका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य मैति गुरूङले गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुती गरिएको थियो ।
साथै कार्यक्रममा उपस्थित नेपाली महिला दिदीबहिनीहरूको सम्मान समेत गरिएको थियो ।
उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू आफ्नो कामको व्यस्तताका बावजुद पनि संस्थालाई माया गरेर आ-आफ्नो ठाउँबाट तीज विशेष कार्यक्रमलाई सफल पार्नका निमित्त पुर्याएको योगदानप्रति उच्च सम्मान गर्दै संयोजक आसलामीले कार्यक्रमको समापन गरेका थिए ।