कोरिया गएकाे ६ महिनामै रहिनन् सोनु, आमा प्रतिमामाथि थपियो बज्रपात

२ महिनाअघि मलेशियामा श्रीमान् गुमाएकी प्रतिमाकी माइली छोरीको कोरियामा मृत्यु



इलाम । इलामको माई नगरपालिका–१ कि प्रतिमा श्रेष्ठमाथि अर्को बज्रपात थपिएको छ ।

२ महिनाअघि वैदेशिक रोजगारका लागि मलेशिया रहेका श्रीमान्लाई गुमाएकी प्रतिमाले अहिले उच्च शिक्षाका लागि कोरिया पुगेकी छोरी गुमाएकी छिन् ।

गत फेब्रुअरीमा विद्यार्थी भिसामा कोरिया गएकी माइली छोरी सोनु श्रेष्ठको कोरियामै मृत्यु भएपछि उनीमाथि २ महिनामै अर्को बज्रपात थपिएको हो ।

सोनु दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ।

निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी सोनु परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए।

सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।