

बझाङमा पहिरोमा परि एकै घरका चार जनाको मृत्यु

बझाङ । बझाङमा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ ।
जिल्लाको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको हो ।
स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ । ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।