चरम आलोचनापछि मधेश मुख्यमन्त्रीले गरे ८ राज्यमन्त्री बर्खास्त



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए ।

२२ साउनमा मात्रै उनले पाँच राज्यमा नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।

जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई आज बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।