बागमती प्रदेश सभाको बैठक स्थगित



हेटौंडा – आज दिउँसो २ बजे बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक स्थगित गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् । उनले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका हुन् ।

मंगलबार भएको नेकपाको प्रचण्ड नेपाल पक्ष र सर्वदलीय बैठकमा सभामुख श्रेष्ठले प्रदेशसभा सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । प्रचण्ड(नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि छलफल गर्न सांसदहरूले माग गरिरहेका छन् । तर बैठक स्थगित हुँदै आएका छन् ।