

सशस्त्र जवान कार्की बने बीओपीकै ‘सोल्जर अफ द मन्थ’

काठमाडौं । सशस्त्र प्रहरी जवान जनक बहादुर कार्की उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी भूमिराजटोल दोधारा चाँदनी कञ्चनपुरमा कार्यरत कार्की असार महिनाको लागि बीओपीकै उत्कृष्ट कर्मचारी घोषित भएका हुन् ।
उनले कार्यालयले दिएको जिम्मेवारी तथा अवैध सामान बरामद कार्यमा उत्कृष्ट र दक्षतापूर्ण तरिकाले सम्पादन गर्नुका साथै बीओपीको छवि उच्च राख्न पुर्याएको योगदानका कारण असार महिनाको ‘सोल्जर अफ द मन्थ’ घोषणा गरिएको हो ।
उनलाई बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) रोशन सिंह ठकुरीले एक कार्यक्रमबीच सम्मान र पुरस्कृत समेत गरेका थिए ।