कार्यालयकै काममा गएका प्रहरी जवान यादवले गुमाए दुर्घटनामा ज्यान



जनकपुर – धनुषामा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ।

ढल्केबर—जनकपुर सडकमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीको महदेवा –६ का २८ वर्षीय प्रहरी जवान पंकज कुमार यादवको मृत्यु भएको हो।

महोत्तरीको प्रहरी चौकी मटिहानीमा कार्यरत उनलाई महोत्तरी प्रहरीले विशेष कामका लागि सप्तरी पठाएको थियो। आइतबार सप्तरीबाट महोत्तरी फर्किने क्रममा यादव आफैंले चलाउँदै आएको को २७ प ९६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर भएर दुर्घटना हुँदा उनको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार उनी मोटरसाइकलमा एक्लै सवार थिए। उनले भने,मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको खबर प्राप्त भएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृतक प्रहरी जवान यादवका आमाबुबाका एक्लो छोरा र दुई सन्तानका बुवा थिए । उनका ७ वर्षको छोरा र अर्की ३ वर्षकी छोरी छन्।