सशस्त्र एसपी खड्कालाई ‘क्लिनचिट’ !

विराटनगर । तस्करलाई सघाएको आरोप लागेका एसपी विश्व खड्का निर्दोष ठहर भएका छन् ।

तस्करलाई सघाएको आरोप लागेपछि मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी खड्कामाथि आन्तरिक छानबिन सुरु भएको थियो । छानबिन टोलीले प्रतिवेदनका आधारमा खड्का निर्दोष देखीका सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले बताए । उनी भोली देखी काममा फर्किनेछन्

उनले भने, आज समितिले प्रतिवेदन बुझायो केही पनि देखिएन, भोलि देखी काममा फर्किन्छन् ।’ मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुखको रूपमा आएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *