

बस दुर्घटना : ५१ काे मृत्यु, ४ जना बेपत्ता

काठमाडौं – भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो ।
उक्त बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो। दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ७ जना सकुशल छन् भने चार जना हराइरहेका छन् ।
चालक पौडिएर नहरबाट बाहिर निस्किएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । ३२ जना क्षमताको सो बसमा चालकसहित ६२ जना सवार थिए ।