

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर

मोरङ । मोरङको उर्लावारीमा सोमबार साँझ टिपरको ठक्करबाट एकजना आमा मृत्यु भएको छ भने बालक छोरा घाइते भएका छन्।
मधुमल्ला उर्लावारी सडकखण्डमा प्रदेश ०३००१क १०९० नम्बरको टिपरले सोमबार साँझ ६ बजे ठक्कर दिँदा उर्लावारी ६ गोपाल चोककी सिता बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मृतक सिताका ८ वर्षीय छोरा प्रशान्त गम्भीर घाइते भएका छन् ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।