

बालेन भन्छन्, ‘यो समय गिरिबन्धु चियाको हो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिर सार्वजनिक गर्दै यो समय गिरिबन्धु चियाको हो, काले–काले मिलेर खाउँ भाले’ लेखेका छन् ।
एमालेले गिरीबन्धु प्रकरणकै कारण माओवादी केन्द्रसँगको गठबन्धन तोडेर कांग्रेस गठबन्धन गर्न लागेको प्रारम्भिक बुझाई आइरहेको बेला बालेनको उक्त अभिव्यक्ति आएको हो ।