विराट कोहलीको उत्कृष्ट ब्याटिङसँगै भारतले दियो १७७ रनको लक्ष्य



काठमाडौं । आईसिसी टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाउँदै दक्षिण अफ्रिकालाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

भारतले सुरुवाती ३ विकेट ३४ रनमै गुमाएको अवस्थामा विराट कोहलीले ७६ रनको उत्कृष्ट पारी खेलेका थिए ।

त्यस्तै भारतका लागि अक्षर पटेलले ४७ रनको योगदान गरेका थिए ।

कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्कियो ।

खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए । लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो ।

शिवम दुवेले पनि २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।