

घट्यो पेट्रोल डिजेलको मूल्य, अब कतिमा पाइन्छ त ? (मूल्यसूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजल र मट्टीतेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ ।
मूल्यसूचीः