

नेपाल र नेदरल्याण्डबीचको खेल आज, बालेनले गरे निःशुल्क हेर्ने व्यवस्था

काठमाडौं । टी–२० विश्वकपमा नेपालले आज नेदरल्याड्सविरुद्ध खेल्ने भएको छ ।
नेपालले विश्वकपको पहिलो खेल नेदरल्याण्ड्सँग अमेरिकामा खेल्ने भएको हो ।
नेपाल र नेदरल्याण्ड्सविरुद्धको खेल नेपाली समयअनुसार साँझ सवा ९ बजे सुरु हुनेछ ।
यसैबीच काठमाडौं महानगर पालिकाले टुँडिखेलमा विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल हेर्ने व्यवस्था मिलाएको छ ।
बालेन साह नेतृत्वको काठमाडौं महानगरले नेदरल्याण्ड्सविरुद्ध नेपालले खेल्ने विश्वकप क्रिकेटको पहिलो खेल टुँडिखेलमा दर्शकलाई निशुल्क हेर्ने व्यवस्था मिलाएको हो ।
टुँडिखेलमा हुने लाईभ स्क्रिनिङको आयोजना काठमाडौं महानगरले गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयले कार्यक्रमको समन्वय गरेको छ ।
काठमाडौं महानगर र खेलकुद मन्त्रालय मिलेर विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल स्क्रिनिङ गर्ने व्यवस्था मिलाएका हुन् ।
खेलकुद मन्त्रालयले अपरान्ह ५ बजे टुँडिखेलको गेट खुल्ला हुने जनाएको छ । नेपाली क्रिकेट टिमको समर्थनमा कार्यक्रमको आयोजना गरिएको खेलकुद मन्त्रालयले जनाएको छ ।
नेपालले नेदरल्याण्ड्सका साथै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेको समूहमा रहेको छ ।