

ड्युटीमै रहेका असई पोखरेलको भीरबाट लडेर मृत्यु

जुम्ला । ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षक (असई) को भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत असई दिपक पोखरेलको ड्युटीको समयमा भीरबाट लडेर मृत्यु भएको जनाइएको छ ।
सिम्ता गाउँपालिका ६ जामुनेबजारका पोखरेलको गस्तीका क्रममा हिजो बिहान चार बजेतिर भिरबाट लडेर मृत्यु भएको हो ।