

६ वर्षीया बालिका करणीको आरोपमा चापाकोटबाट कुमाल पक्राउ

स्याङ्जा । स्याङ्जामा ६ वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका घर भएका ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको हो ।
कुमालले बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई करणी गरेपछि पक्राउ गरिएको जनाइएको छ ।
बाख्रा गोठाला गएकी ती बालिकाका आफन्तले कुमालले बालिकालाई जर्बजस्ती गरेको भन्दै प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।