

अमेरिकामा विश्वकप खेल्ने सन्दीपको सपना अधुरै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिषा फेरि पाएनन् ।
अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका लामिछानेको भिसा फेरि रिजेक्ट भएका जनाइएको छ । अमेरिकाको भिषा नपाएसँगै सन्दीपको अमेरिकामा विश्वकप खेल्ने सपना अधुरै भएको छ ।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दोस्रोपटक अस्वीकार भएको हो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।
नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।
भिषाको लागि प्रयास गरिरहेका सन्दीपले पछिल्लो समय निरन्तर अभ्यास गरिरहेका थिए ।