

सशस्त्र गोताखोरले निकाले नदीमा बेपत्ता हिक्मतको शव

कालिकोट । कालिकोटको तिला नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले जेठ १७ गते बिहान करीव पौने १० बजे फेला पारेको छ ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-७ घर भई सोही नगरपालिका-६ गाल्जे भन्ने स्थान बस्ने अन्दाजी १६ बर्षिय हिक्मत बम नदिमा पौडी खेल्ने क्रममा यहि जेठ १५ गते डुवेर बेपत्ता भएका थिए ।
बेपत्ता बालकको शव खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो ।