

बढुवा भएका चार डिआईजीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (ढिआईजी) पदमा पदोन्नति भएका ४ जना प्रहरी नायव महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन् ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच बढुवा भएका डिआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह पाउनेमा डिआईजीमा बढुवा भएका कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी रहेका छन् ।