

सन्दीप लामिछानेको अमेरिकाको भिषा लागेन, खेलप्रेमी भन्छन्, ‘विश्वकप खेलेको हेर्ने सपनामा धक्का’

काठमाडौं । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी(२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
सन्दीपको भिषा अस्वीकृत भएसँगै क्रिकेटप्रेमीहरुले दूताबासको उक्त निर्णयबाट नेपालका तर्फबाट विश्वकपमा सन्दीप खेलेको हेर्ने चाहनामा धक्का लागेको बताएका छन् । साथै दूताबासको उक्त निर्णयलाई पुर्नविचार गरि भिषा दिने अपेक्षा समेत लिएका छन् ।
यसअघि सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।