राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ भोलि हेटौँडामा, गायिका अन्जु पन्त पनि सहभागी हुने
राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्दै आइरहेको छ । भोलि हेटौँडा–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौँडाको कार्यालय परिसरमा हुने कन्क्लेभ हुनेछ । कन्क्लेभमा ४ सयदेखि ५ सयसम्म विद्यार्थी तथा अभिभावकलाई कन्क्लेभ परामर्श सेवा प्रदान गर्ने लक्ष्य रहेको राइटपाथ हेटौँडाका सञ्चालक मनिष अधिकारीले जानकारी दिए ।
उनकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गरिएको हो । हेटौँडापछि चितवन, बुटवल र दाङमा पनि ग्रान्ड एजुकेसन कन्क्लेभ आयोजना हुनेछ ।
उक्त शैक्षिक मेला “ग्रान्ड एजुकेसन कन्क्लेभ’ को मुख्य आकर्षणको रुपमा चर्चित गायिका अन्जु पन्त पनि सहभागी हुने र उपस्थित विद्यार्थी तथा अभिभावक हरूसँग भेटघाट गर्ने अधिकारीले बताए ।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्याउने उनको विश्वास छ । विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।