सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश वितरण गर्दै, कहिले बस्दैछ साधारण सभा ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते शुक्रबारका दिन वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभामा कम्पनीले सेयरधनीहरुका लागि ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।

जसअनुसार कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेण्डा पनि रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।

यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख ७ गतेबुक क्लोज गरिसकेको छ । यसकारण वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।