

इलाममा मतान्तर बढाउँदै सुहाङ, पछ्याउँदै डम्बर

इलाम । इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् ।
सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् । कांग्रेसका खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ सय ८२ रहेको छ ।
तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ६२ मत पाएका छन् । इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिँदा एमालेले अग्रता बढाउँदै गएको हो ।