

नेपालले आयरल्याण्ड वोल्भ्सलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । नेपालले आयरल्याण्ड वोल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ ।
सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको हो ।
नेपालका लागि गुलशन झाले सर्बाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।