

धनगढी मेयर हमालकी छोरी सम्पर्कबिहीन, खोजीका लागि मेयर हमालको आग्रह

काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती बेपत्ता भएकी छिन् ।
केही महिनादेखि भारतकाे गोवामा बस्दै आएकी उनी सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जानकारी दिएका छन् ।
ओशोकि साधकसमेत रहेकी आरती केही महिनादेखि भारतको गोवामा ध्यानका लागि गएको जनाइएको छ ।
मेयर हमालले आरती जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कबिहीन भएको जानकारी दिएका छन् । साथै उनले छोरीको खोजीका लागि भारतको गोवा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।
उनले छोरीका बारेमा केही सूचना थाहा पाएमा 9794096014 / 8273538132/ 9389607953 नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।