

खोटाङको रावाबेसीमा चैत अन्तिम साता खार्पा महोत्सव

काठमाडौं । खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ ।
महोत्सव आयोजनाको तयारी सुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए ।
उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि गठन भएको विभिन्न समितिहरुले काम सुरु गरीसकेको जानकारी दिए ।
महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवद्र्वनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा भारतबाट पनि भक्तजनहरुले सहभागिता जनाउने भएका छन् । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
खोटाङको रावावेसी –२ शारदा मा.वि.मा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ ।